२७ असोज, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका संसदबाट पारित भएका सातवटा विधेयकलाई एकै पटक प्रमाणीकरण गरेकी छिन । संसदबाट पारित आदिवासी जनजाती आयोग, मधेशी आयोग, अन्तर सरकारी वित्त व्यवस्थापन विधेयक, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग विधेयक, राष्ट्रिय समावेशी आयोग विधेयक, राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धी विधेयक र राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी विधेयक शुक्रबार राष्ट्रपतिले प्रमाणीकरण गरेकी हुन ।

प्रकाशित मिति: बिहीबार, असोज २६, २०७४