२६ असोज, काठमाडौँ । सीता एयरको विमान दुर्घटना हुनबाट जोगिएको छ । बिहीबार बिहान तेञ्जिङ्ग हिलारी विमानस्थल, लुक्लाबाट काठमाडौंका लागि उडान भर्न लागेको जहाज दुर्घटनाबाट जोगिएको हो । बिहान ७ः४५ बजे लुक्लामा अवतरण गरेको सीता एयरको नाइन–एनएजेएच कल साइन रहेको विमानको चक्कामा खराबी आएपछि चालक दलले समयमा नै थाहा पाएर विमानलाई पुनः पार्किङ्गतर्फ नै फर्काइ सुरक्षित गरेका थिए । उडानका लागि धावन मार्गको झण्डै एक सय मिटर दूरी पार गरेपश्चात मात्र विमानको हाईड्रोलिक चक्कामा खराबी आएको चालक दलले पत्ता पाएका थिए ।
प्रकाशित मिति: बुधबार, असोज २५, २०७४