२५ असोज, जुम्ला । राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णालीसँग देशको अर्थतन्त्र बलियो बनाउने क्षमता रहेको बताएकीछिन । चन्दननाथ नमूना माध्यमिक विद्यालय खलंगाको नवनिर्मित विज्ञान प्रयोगशालाको भवन उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले कर्णाली अथाह सम्भावना र प्राकृतिक सम्पदाले भरिपूर्ण क्षेत्र भएको औँैल्याइन । यति हुँदा पनि यस क्षेत्रको आर्थिक तथा सामाजिक विकास हुन नसक्दा यहाँका नागरिकले सहज जीवनयापन गर्न नसकेकोप्रति राष्ट्रपति भण्डारीले सहानुभूति प्रकट गरिन । जलवायु परिवर्तनलाई ध्यानमा राखेर यो क्षेत्रको विकासका लागि राज्य कर्णाली केन्द्रित हुनुपर्ने उनको धारणा थियो ।
प्रकाशित मिति: मंगलबार, असोज २४, २०७४