२५ असोज, बर्दिया । बर्दियाका वन रक्षक ३० हजार घुससहित पक्राउ परेका छन् । इलाका वन कार्यालय राजापुर बर्दियाका वन रक्षक सीताराम थारु ३० हजार रुपैयाँ घुससहित पक्राउ परेको प्रहरीले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय कोहलपुरबाट खटिएको टोलीले थारुलाई पक्राउ गरेको अख्तियार कोहलपुरका एसपी ईश्वर कार्कीले जानकारी दिए । काठ छुट पूर्जीमा म्याद थपका लागि घुस लिँर्दै गर्दा थारु पक्राउ परेका हुन् ।
प्रकाशित मिति: मंगलबार, असोज २४, २०७४