२४ असोज, काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सरकार पुनर्गठन गरेर निर्वाचन सार्ने काम भएमा आफूहरुलाई मान्य नहुने बताएका छन् । कैलालीको धनगढीमा एमाले प्रदेश नं ७ को निर्णय सार्वजनिक गर्दै उपाध्यक्ष रावलले वाम एकताको आलोचना गर्नुभन्दा अन्य दलसँग गठबन्धन बनाएर अगाडि बढ्न कांग्रेसलाई अनुरोध गरे । रावलको नाम प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली क्षेत्र नं २ र अछाम क्षेत्र नं १ बाट सर्वसम्मत सिफारिस भएको छ ।
प्रकाशित मिति: सोमबार, असोज २३, २०७४