२२ असोज, काठमाडौँ । नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपाल खड्कालाई काममा फर्काउन सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीको इजासले आइतबार अन्तरिम आदेश जारी गर्दै काममा फर्किन आदेश गरेको हो । सरकारले गरेको बर्खास्तगी न्यायसंगत नभएको भन्दै सर्वोच्चले यस्तो निर्णय गरेको हो । सर्वोच्चले अर्को आदेश जारी नगरेसम्मका लागि उनी पदमा बहाल रहनेछन् । रिटको अन्तिम टुंगो नलागेसम्म खड्कालाई काममा फर्कने गरि अन्तरिम आदेश दिइएको सर्वोच्चले जाएको छ ।
प्रकाशित मिति: शनिबार, असोज २१, २०७४