२२ असोज, काठमाडौँ । शनिबारदेखि शुरु भएको नेपाल–भारत प्रबुद्ध व्यक्ति समुह (ईपीजी) को पाँचौ बैठकमा आइतबार काठमाडौंमा सम्पन्न भएको छ । अर्कोे बैठक आगामी नोभेम्बरको ११ र १२ तारिखमा नयाँदिल्लीमा बस्ने गरी बैठक सकिएको कार्यदलका सदस्य डा राजन भट्टराईले जानकारी दिए । नेपाल–भारत प्रबुद्ध व्यक्ति समुह .(ईपीजी) को पाँचौ बैठकमा सिमा व्यवस्थापन, स्रोत आतंकवाद, अवैध मुद्रा, लागुपदार्थ ओसारपसार, तस्करी नियन्त्रणलगायतका विषयमा छलफल भएको उनले बताए । बैठकमा भारतले सीमा नियमनलाई व्यवस्थित गर्ने चेकपोईन्टमा अभिलेख राख्ने प्रणाली विकास गर्नुपर्नेमा जोड दिएको छ । नेपाल भारत सम्बन्धलाई समग्रतामा अध्ययन गरी सुझाव पेस गर्न दुबै मुलुकद्धारा गठित प्रबद्ध व्यक्ति समुह बैठकमा लामो समयदेखि विवादमा रहेको १९५० को शान्ति तथा मैत्री सन्धी पुनरावलोकनमा छलफल भएपनि निष्कर्षमा पुग्न सकेको छैन ।
प्रकाशित मिति: शनिबार, असोज २१, २०७४