२२ असोज, डोटी । डोटीमा खाना पकाउने ग्यासको अभाव भएकोे छ । नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीले डोटीमा पर्याप्त मात्रामा ग्यास आपूर्ति गर्न नसक्दा अभाव देखिएको हो । नेपाल आयल निगमका क्षेत्रीय प्रमुख शिवराज भण्डारीले दशैँको समयमा माग अनुसार ग्यास आपूर्ति गर्न नसकिएकाले सुदूरपश्चिमका केही पहाडी जिल्लामा ग्यास अभाव भएको स्वीकार गरे । ग्यास अभाव भएपछि स्थानियबासी तथा होटेल व्यवसायीहरुलाई समस्या भएको छ । ग्यास अभावले सबैभन्दा बढी होटेल ब्यबसायी मर्कामा परेका छन् ।
प्रकाशित मिति: शनिबार, असोज २१, २०७४