२२ असोज, काठमाडौँ । जाम्बियालाई १–० ले हराउँदै नाइजेरियाले विश्वकप २०१८ मा स्थान बनाएको छ । शनिबार राति भएको खेलमा नाइजेरिया अफ्रिकाबाट २०१८ को विश्वकपको यात्रा तय गर्ने पहिलो टिम बनेको छ । सब्स्टिच्यूटका रुपमा मैदान प्रवेश गरेका आर्सेनल स्टार एलेक्स इओबीले ७३ औँ मिनेटमा गोल गर्दै नाइजेरियालाई विश्वकपमा र्पुयाएका हुन् । विश्वकपमा छनौट हुन नाइजेरियालाई एक जित मात्रै चाहिएको थियो ।
प्रकाशित मिति: शनिबार, असोज २१, २०७४