२० असोज, काठमाडौँ । भारतका लागि विवादित नेपाली राजदूत दीपकुमार उपाध्यायले राजीनामा दिएका छन् । कांग्रेसबाट प्रतिनिधिसभा चुनावमा उम्मेदवार बन्ने तयारीमा रहेका उपाध्यायले बिहीबार परराष्ट्र मन्त्रालयमा राजीनामा बुझाएका हुन् । शुक्रबार राजदूत उपाध्यायको राजीनामा पत्र प्रधानमन्त्री कार्यालयमा पुगेको छ । कांग्रेस नेता समेत रहेका उपाध्याय गत संविधानसभा चुनावमा कपिलबस्तु–१ बाट पराजित भएका थिए ।
प्रकाशित मिति: बिहीबार, असोज १९, २०७४