२० असोज, रसुवा । नेकपा एमाले रसुवाले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सर्वसम्मत उम्मेदवारको नाम सिफारिस गरेकोछ । एमाले रसुवा जिल्ला कमिटीको आज सम्पन्न बैठकले प्रतिनिधिसभाको एक स्थान र प्रदेशसभाको दुई स्थानका लागि जम्मा तीन जनाको नाम सर्वसम्मत सिफारिस गरेको सांसद समेत रहेको एमाले नेता जर्नादन ढकालले जानकारी दिए । प्रतिनिधिसभाका लागि वर्तमान सांसद ढकाल र प्रदेशसभा १ का लागि जिल्ला कमिटीका अध्यक्ष कर्न्याल तामाङ र प्रदेशसभा दुईका लागि पार्टीका वैकल्पिक केन्द्रीय सदस्य माधव अर्यालको नाम सर्वसम्मत सिफारिस गरेको छ । रसुवा जिल्लाको प्रदेशका दुई र प्रतिनिधिसभाको एक दुबै स्थानामा एमालेले अत्याधिक बहुमतले जित्ने ढकालले बताए ।
प्रकाशित मिति: बिहीबार, असोज १९, २०७४