१९ असोज, प्यूठान । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी निर्देशक डा गोविन्द पोखरेलले आचारसंहिता विपरित काम गरेको भन्दै प्यूठानका चार राजनीतिक दलले कारबाहीको माग गरेका छन । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा पराजित भएपछि पुननिर्माण प्राधिकरणको प्रमुख हुने अवसर पाएका पोखरेल पुनःनिर्माणको कामलाई अलपत्र छोड्दै नेपाली कांग्रेसको आमसभामा दौडिरहेका छन । उनले पुनः निर्माणको काम अलपत्र छाड्ने निश्चित भैसकेको छ । नेपाली कांग्रेसले प्यूठानबाट प्रतिनिधिसभाको सदस्यको उम्मेदवारमा सिफारिस गरेका पोखरेल उम्मेदवार र प्राधिकरणको प्रमुख दुबै हुन नसक्ने भएकाले अबको केही सातमै राजिनामा गर्दैछन । उनले जिल्लामा प्राधिकरणको सवारी प्रयोग गरी कांग्रेसको आमसभा र बैठकहरुमा सहभागी भएको भन्दै प्यूठानका एमाले, माओवादी, माले र नयाँ शक्तिले कारबाहीको माग गरेका हुन ।
चार दलको विज्ञप्ति हेर्नुहोस ।

प्रकाशित मिति: बुधबार, असोज १८, २०७४