१९ असोज, काठमाडौँ । एक जना नेपाली युवा भाषणमा विश्व रेकर्ड कायम गर्न लागि परेका छन । नुवाकोट शिवपुरी गाउँपालिकाका अनन्तराम केसीले भाषणामा बिश्व रेकर्ड बनाउन लागेका हुन । उनले गिनिज बुकमा नाम लेखाउन निरन्तर ८४ घण्टा भाषण गर्दैछन । बिहीबार बिहानदेखि काठमाडौँमा टेक्सास कलेजमा उनको भाषण जारी छ । उनले बिहान ६ बजेर ६ मिनेटमा आफ्नो भाषणा सुरु गरेका हुन ।
प्रकाशित मिति: बुधबार, असोज १८, २०७४