१८ असोज, नवलपरासी । नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइरालाले बाम एकताले नेपाली कांग्रेसलाई कुनै पनि असर नपर्ने बताएका छन । नेपाल प्रेस युनियन नवलपरासीले बुधबार कवासोतीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले चुनावको समयमा विचार मिल्ने शक्तिबीच एकता हुनु स्वभाविक भएको टिप्पणी गरे । महामन्त्री डा. कोइरालाले अब कांग्रेसले पार्टी्भित्रको सांगठनिक र वैचारिक एकतालाई मजबूत बनाएर आगामी निर्वाचनमा लोकतन्त्रवादी शक्तिसँग सहकार्य गरी अगाडि बढ्नुपर्नेमा जोड दिदैं आगामी चुनावमा योजनाबद्ध र जनताको आकांक्षाअनुरुपका कार्यक्रम समावेश गरेर समृद्ध नेपालको स्पष्ट योजनासहित चुनावमा होमिन पार्टीका सबै कार्यकर्तालाई निर्देशन दिए ।
प्रकाशित मिति: मंगलबार, असोज १७, २०७४