१७ असोज, जोमसोम । मुक्तिनाथको दर्शन गरी फर्किँदै गरेका तीर्थयात्री सवार बस मुस्ताङको कागबेनीमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा १९ जना घाइते भएका छन् । ग १ ख ५५२९ नम्बरको बस बाह्रगाउँमुक्ति क्षेत्र वडानम्बर ४ कागबेनीमा मंगलबार साँझ पाँच बजेतिर दुर्घटना हुँदा चालकसहित ३ जनाको मृत्यु भएको हो । दुर्घटनामा मोरङको विराटनगर ८ का गणेश सुवेदी, काठमाडौंको कीर्तिपुर नगरपालिका १२ की शर्मिला दुलाल र बस चालक बाग्लुङका खिमबहादुर बुढाको मृत्यु भएको मुस्ताङ प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका सबैको जोमसोम अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: सोमबार, असोज १६, २०७४