१० असोज, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–३ शिखरआम्वोटेको निगालेमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । बनेपाबाट गोकुलेका लागि छुटेको बा १४ प ९५५६ नम्बरको जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् । घाइते मध्ये एकजनाको अबस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौँ लगिएको छ । घाइते १० जनाको धुलिखेल अस्पाताल उपचार भइरहेको र मृतक कसैको पनि सनाखत नभएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, असोज ९, २०७४