८ असोज, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नम्बर २ मा प्राविधक कारणले एमालेले कम स्थानमा विजयप्राप्त गरेको बताएका छन । आइतबार राजपाका सहमहामन्त्री मिर्जा अल्साद बेगलाई एमालेमा स्वागत गर्दै अध्यक्ष ओलीले एमाले प्राविधिक कारणले केही स्थानमा पराजित भए पनि मधेसमा मत नघटेको बताए । अध्यक्ष ओलीले सत्तापक्षको धाँधली र चार पार्टीको अघोषित गठबन्धनका कारण केही ठाउँमा प्राबिधिक रुपमा पाराजित भएको स्पष्ट पारे । ओलीले जनमतका हिसाबले मधेसमा एमालेको मत बढेको दावी गरेका छन । अध्यक्ष ओलीले धेरै जनसंख्या रहेका नगरपालिकाहरुमा एमालेले जितेकाले गाउँपालिका जितेको संख्या जोडेर अरु पार्टी ठूला भएको टिप्पणी गरे । २ नम्बर प्रदेशको चुनाव परिणामबाट निराश हुनुपर्ने अवस्था नरहेको भन्दै ओलीले समग्र देशमा एमाले ठूलो पार्टी भइसकेको बताए । उनले मधेसमा अझै मेहनत गर्ने र धेरै नेता कार्यकर्तालाई प्रवेश गराउने पनि बताए ।
प्रकाशित मिति: शनिबार, असोज ७, २०७४