७ असोज, काठमाडौँ । बुद्ध लामा पहिलो नेपाल आइडल घोषित भएका छन । कतारमा शुक्रबार बेलुकी भएको नेपाल आइडलको फाइनलमा बुद्ध लामा आइडल घोषित भए । एसएमएस र नेपाल आइडलको एप्समार्फत गरिएको भोटिङमा सबैभन्दा धेरै भोट पाएर उनी आइडल बनेका हुन । उनले ४ करोेड ४८ लाख ४५ हजार २ सय ६३ भोट पाएका छन । निशान भट्टराई भएका छन उनले ३ करोड ५० लाख ८६ हजार २ सय २३ भोट पाए भने सेकेन्ड रनरअप भएका प्रताप दासले १ करोड ३२ लाख ५२ हजार ८ सय ४९ भोट पाएका छन । नेपाल आइडलको आयोजक एपिवान एचडी टेलिभिजनले कतारमा ग्राण्ड फिनाले गरेको थियो ।
प्रकाशित मिति: शुक्रबार, असोज ६, २०७४