६ असोज, बारा । बाराको विश्रामपुर गाउँपालिकामा नेपाल लोकतान्त्रिक फोरम विजयी भएको छ । फोरमका अमिरी पाल ३ हजार ६ सय ३६ मत ल्याएर अध्यक्षमा विजयी भए । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उमेद्वार रुल्थकार अलिले १ हजार ५ सय १२ मत ल्याए । उपाध्यक्षमा पनि लोकतान्त्रिक फोरमकै सुमित्रादेवी २ हजार ३ सय १४ मत ल्याएर विजयी भइन ।
प्रकाशित मिति: बिहीबार, असोज ५, २०७४