काठमाडौँ । कोशी प्रदेश सरकार गठनसम्बन्धी मुद्दाको पेसी सोमबारका लागि तोकिएको छ। हिजो आइतबारको मिति तोकिए पनि ‘हेर्न नमिल्ने’मा परेपछि स्थगित भएको उक्त मुद्दाको अन्तिम सुनुवाइ आजबाट हुन लागेको हो।
आज न्यायाधीशद्वय शुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासमा उक्त मुद्दाको पेसी तोकिएको छ। न्यायाधीद्वय माथेमा र श्रेष्ठको इजलासमा उक्त मुद्दा क्रमसंख्याअनुसार २ नम्बरमा रहेको छ।
तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत ल्याउन नसकेपछि ढलेको सरकार नेपाली कांग्रेका उद्धव थापाको नेतृत्वमा गत असार २१ गते गठन भएको थियो ।
यस क्रममा सरकार गठन असंवैधानिक रहेको भन्दै नेकपा एमाले प्रदेश संसदीय दलका नेतासमेत रहेका निवर्तमान मुख्यमन्त्री कार्कीले गत असार २२ गते सर्वोच्चमा रिट दायर गरेका थिए।
प्रकाशित मिति: सोमबार, साउन ८, २०८०