काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केन्द्रीय सदस्य समितिको बैठकमै जन्मदिन मनाएका छन् । केन्द्रीय सदस्यको तेस्रो दिनको बैठक सकिए लगत्तै केक काटेर महामन्त्री थापाको जन्मदिन मनाइएको हो ।
पदाधिकारी सहित केन्द्रीय सदस्यहरुले थापालाई खादा लगाएर शुभकामना प्रदान गरेका हुन् । आजको बैठक सकिए लगत्तै अर्का महामन्त्री विश्वप्रकाश शर्माले थापाको जन्मदिन मनाउने सुनाएका थिए । जन्मदिन मनाउने क्रममा ‘ह्याप्पी बर्थ डे टु यु’ गीत बजाइएको थियो ।
प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०