६ असोज, काठमाडौँ । संयुक्त विद्यार्थी संगठनले शिक्षा ऐन नवौँ संशोधन फिर्ता लिन माग गरेका छन् । संगठनहरुले शुक्रबार कार्यबाहक प्रधानमन्त्री विजयकुमार गच्छदारलाई भेटी ज्ञापन–पत्र मार्फत ऐनको संशोन फिर्ता लिन माग गरेको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए । विद्यार्थी संगठनले नवौँ संशोधनले अहिलेका अस्थायी शिक्षकलाई स्थायी बनाएर योग्य शिक्षक छनोट गर्न नसकिने भएकाले शिक्षाको गुणस्तर खस्कने भन्दै तत्काल फिर्ता लिन माग गरेका छन । ज्ञापनपत्र बुझ्दै काबा प्रधानमन्त्री गच्छादारले सबै दलको समर्थमान एने संशोधन भएकोले आफूले मात्रै केही गर्न नसक्ने भएकाले सबै दलका नेताहरुलाई भेटेर कुरा राख्न आग्रह गरेको भेटमा सहभागी लामिछानेले बताए । विद्यार्थी संगठनहरुले अयोग्य शिक्षकलाई सीधै स्थायी बनाउने प्रयास गरिँदै छ भन्दै यसबाट लाखौँ बालबालिकाको शैक्षिक भविष्य अन्धकार हुने भएकाले मान्य नहुने स्पष्ट पारेको छन । उनीहरुले भोलि दलका शीर्ष नेताहरुलाई भेटेर ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराउँदैछन ।

प्रकाशित मिति: बिहीबार, असोज ५, २०७४