६ असोज, काठमाडौँ । गृहमन्त्री जनार्दन शर्माले प्रदेश नम्बर २ को निर्वाचन मुलुककै इतिहासमा शान्तिपूर्ण भएको बताएका छन । शुक्रबार काठमाडौंमा ‘प्रहरी हाम्रो टोलमा’ अभियानको शुभारम्भ गर्दै मन्त्री शर्माले सबै सुरक्षा निकायले जनताको साथमा रहेर काम गरेकाले निर्वाचन अत्याधिक शान्तिपूर्ण भएको बताए । उनेले निर्वाचनमा हिंसा हुन्छ कि भनेर आशंका गर्नेहरुलाई पनि मजवुद सुरक्षा व्यवस्थाले जवाफ दिएको बताए ।
प्रकाशित मिति: बिहीबार, असोज ५, २०७४