काठमाडौँ । सुदूरपश्चिम प्रदेश सभाले मन्त्री पृथ्वीबहादुर सिंहको निधनमा शोक प्रस्ताव पारित गरेको छ।
सवारी दुर्घटनामा परी निधन भएका मन्त्री सिंहप्रति प्रदेश सभाको दोस्रो अधिवेशनको १५ औँ बैठकले शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो।
सोमबार अपराह्न ४ बजे बसेको बैठकले स्वर्गीय सिंहप्रति श्रद्धाञ्जली अर्पण गर्दै २ मिनेट मौन धारण गरेको थियो। बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ।
प्रकाशित मिति: सोमबार, असार २५, २०८०