काठमाडौँ । संसदको अवरोध खुलाउन नेकपा एमाले सकारात्मक भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार सिंहदरवामा एमाले अध्यक्ष केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवासँग गरेको छलफलमा अवरोध खुलाउन एमाले सकारात्मक भएको नेताहरुले बताएका छन् ।
बैठकपछि बाहिरिएका प्रधानमन्त्री प्रचण्डले आफू संसदमा सम्बोधन गर्न जान लागेको प्रतिक्रिया दिए । एमाले अध्यक्ष केपी शर्मा ओलीले भने संसदमै थाहा हुने बताएका थिए ।
सत्तारुढ दलका एक सांसदका अनुसार प्रधानमन्त्रीले सम्बोधन गरेपछि संसदको अवरोध हटाउन एमाले तयार भएको छ । संसद बैठक अघि एमालेको संसदीय दलको बैठक पनि
प्रकाशित मिति: सोमबार, असार २५, २०८०