६ असोज, महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकामा राष्ट्रिय जनता पार्टी विजयी भएको छ । राजपाबाट उम्मेदवार बनेका नेपाल पत्रकार महासंघ महोत्तरीका पूर्वसभापति हरिप्रसाद मण्डल मटिहानी नगरपालिकाका मेयरमा विजयी भएका हुन । मण्डलले ३ हजार ४ सय ७ मत प्राप्त गरे । मण्डलका निकटम प्रतिस्पर्धी एमालेका मुजिम राईनले १ हजार ५ सय ९७ मत प्राप्त गरेका छन । त्यस्तै उपमेयरमा राजपाकै शिवोदेवी साह ३ हजार १ सय ७० मत ल्याएर विजयी भइन । उनको निकटतम प्रतिस्पर्धी एमालेकी जैवुदा खातुनले १ हजार ६ सय ४८ मत प्राप्त गरिन ।
प्रकाशित मिति: बिहीबार, असोज ५, २०७४