–राजन रौयियार
५ असोज, पर्सा । पर्सा जिल्लाको कालीकामाई गाउँपालिकाको अध्यक्षमा नेपाल संघीय समाजवादी पार्टी विजयी भएको छ । नेपाल संघीय समाजवादी पार्टीका नेता नथुनी कुशवाहा जनता दलको चुनाव चिन्ह पाङ्ग्राबाट चुनावी प्रतिस्पर्धामा थिए । अध्यक्षका उम्मेदवार कुशवाहा १५३ मत अन्तरले विजयी भएका हुन । उपाध्यक्षमा संघीय समाजवादी फोरमका राजेश चौरसिया २१७ मत अन्तरले बिजयी भए ।
प्रकाशित मिति: बुधबार, असोज ४, २०७४