काठमाडौँ । नेकपाका नेता नेत्रविक्रम चन्द ‘विप्लव’ले अहिले नेपालको कम्युनिस्ट आन्दोलनको विषयमा बहस जरुरी रहेको भन्दै यसलाई एकीकृत गर्ने समय आएको बताएका छन् ।
अहिले माओवादी पार्टीहरूको एकताभन्दा पनि मोर्चा निर्माणको विषय महत्त्वपूर्ण रहेको भन्दै उनले यसमा आफूहरू एक हदसम्म सफल भएको दाबी गरे ।
समाजवादी मोर्चाको विषयमा उनले अस्थिरता र आर्थिक सङ्कटले अस्थिर बनेको मुलुकलाई सुव्यवस्थित र सङ्गठित तरिकाले निकास दिन चार राजनीतिक दलका बीच सहमति बनेको भनाइ थियो ।
चन्दले समाजवादी मोर्चामा आफूहरू सामेल भए पनि आफ्नो पार्टीलाई संसदवादी पार्टीको रूपमा हेर्न नहुने बताए ।
‘माओवादी पार्टीहरुबीचको एकता वस्तुगत रूपले बन्न जरुरी भएको छ । त्यसका लागि छलफलहरू चलेका छन् । तर सुव्यवस्थित तरिकाले विषयमा प्रवेश गरेका छैनौँ । एकता हुने विषय मुख्य भएपछि त्यसमा छलफल गरेर सङ्गठनात्मक क्षेत्रमा नीति, विचार र कार्यक्रमले माग गरेअनुसार पदमा बस्न हामी जो कोही जहाँ पनि तयार छौँ,’ चन्दले भने ।
प्रकाशित मिति: सोमबार, असार १८, २०८०