काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी भातृ सङ्गठन वाईसीएल नेताहरूसँग छलफल गरेका छन्।
वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखाले नयाँ ढङ्गको पार्टी निर्माणको विषयमा छलफल भएको बताए।
उनले देशको आवश्यकतासहितको नेतृत्वमा केन्द्रिकरण गर्ने विषयमा गम्भीर छलफल भएको बताए। सरकारले गरेको जन पक्षीय कामको रक्षा गर्दै अघि बढ्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिएको बताए।
प्रकाशित मिति: सोमबार, असार १८, २०८०