५ असोज, महोत्तरी । जलेश्वर नगरपालिका–१० मा राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएको छ । जलेश्वर नगरपालिका–१० को वडाध्यक्षमा राप्रपाका विकाऊ दासले २८५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राजपाका रुदल ठाकुरले १७७ मत प्राप्त गरेकोे मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलले जानकारी दिए । यसैबीच यसैगरी जलेश्वर नगरपालिका–२ मा स्वतन्त्र उम्मेदवार विजयी भएको छ । स्वतन्त्र उम्मेदवार बरुण दाहालले २९२ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी लोकतान्त्रिक फोरम नेपालका शिवचन्द्र चौधरीले २४५ मत प्राप्त गरेका छन ।
प्रकाशित मिति: बुधबार, असोज ४, २०७४