५ असोज, धनुषा । धनुषाको मुखियापट्टी मुसहरनिया गाउपालिकामा नेकपा एमाले विजयी भएको छ । एमालेका अध्यक्षका उम्मेदवार मनोज यादव विजयी भएका हुन । मत परिणाम आउन बाँकीछ । याेसँगै नेकपा एमाले चार तहमा विजयी भएकाे छ । यस्तै उपाध्यक्षमा पनि एमालेकै उम्मेदवार विजयी भएका छन् । उपाध्यक्षमा एमालेकी मिरादेवी महतोे विजयी भएकी छिन । यसअघि नै एमालेले पर्साको पटेर्वा सुगाैली गाउँपालिका, सप्तरीको सप्तकोशी नगरपालिका र धनुषाको बटेश्वर गाउँपालिकामा विजय हाँसिल गरेको छ ।
प्रकाशित मिति: बुधबार, असोज ४, २०७४