४ असोज, काठमाडौं । ८८ किलो सुन तस्करीमा संलग्न तीन भारतीयसहित ५ पक्राउ परेका छन । प्रहरीले पाँच सुन व्यापारीलाई पक्राउ गरेको हो । न्यूरोडस्थित रञ्जना कम्प्लेक्समा कार्य्विनायक सुनचाँदी गहना पसलका सञ्चालक गणेश दत्त वडुलाई १० लाख ८२ हजार नेपाली, ८ लाख भारु र ११ सय डलरसहित पक्राउ गरेको छ । यस्तै भारत महाराष्ट्र घर भई ओटुमा पशुपति सुनचाँदी खार्ने पसल सञ्चालन गर्ने नन्दकुमार मर्गले, सिद्धनाथ सुनचाँदी खार्ने पसलका उल्लास दिनकर सालुखे र शाक्य सुनचाँदी पलसका सञ्चालक शुभरत्न शाक्य पक्राउ परेका छन् । शाक्यको साथबाट १ करोड ४२ लाख नगद, एक केजी २०९ ग्राम सुन र २ हजार ४७८ चाँदीका सिक्का बरामद भएको छ । यसैगरी भारत विहार घर भई नरदेवीमा रविश्या ट्रेडर्स सञ्चालन गर्ने सत्यनारायण अग्रवाललाई १३ लाख ५० हजारसहित प्रहरीले पक्राउ गरेको छ । साथै प्रहरीले उक्त सुनको मालिक चिनियाँ नागरिक मिङ दम्पत्ति भएको पनि बताएको छ । भदौ १९ गते प्रहरीले क्षेत्रपाटीबाट ८८ किलो सुन बरामद गरेको थियो । महानगरीय प्रहरी अपराध महाशाखाले सुन चिनियाँ नागरिक पान विई मिङ र याङ वेन विङको भएको पुष्टिभएको जनाएको छ । मिङ दम्पत्तिले क्षेत्रपाटीमा काठमाडौं वान होटल सञ्चालन गर्दै आएका छन् ।
प्रकाशित मिति: मंगलबार, असोज ३, २०७४