४ असोज, काठमडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी संस्थागत ढंगले चल्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन । नेपाली काँग्रेस नागार्जुन नगरपालिकाले आज यहाँ आयोजना गरेको ‘दशैँ, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान एवम् चियापान’ कार्यक्रममा नेता सिंहले पार्टी नेतृत्व संस्थागत ढङ्गले चल्न नसक्दा कार्यकर्ताप्रति निराश उत्पन्न हुँदै गएको भन्दै पार्टी नेतृत्वको ध्यानाकर्षण समेत गराए । उनले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पार्टीका उम्मेदवारलाई मतदान गर्न आग्रह गरे ।
प्रकाशित मिति: मंगलबार, असोज ३, २०७४