काठमाडौँ । गण्डकी प्रदेशको बजेट अधिवेशन आजबाट सुरु हुँदै छ । आज दिउँसो १ बजे बस्ने बजेट अधिवेशनको पहिलो बैठकमा दलका नेताहरुले धारणा राख्ने कार्यसूची रहेको छ ।
दोस्रो दिन बजेटका सिद्धान्त तथा प्राथमिकता सार्वजनिक गर्ने र त्यसपछि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी रहेको छ ।संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकारलाई असार १ गते बजेट ल्याउनै पर्ने बाध्यता छ ।
प्रकाशित मिति: आइतबार, जेठ १६, २०७८