काठमाडाैं : ‘ताण्डव’ साप्ताहिक र ताण्डवन्युज डटकमका सम्पादक अर्जुन गिरीलाई प्रहरीले छाे८ेकाे छ ।
साइबर अपराध गरेको अभियोगमा सोमबार बिहान ११ बजे पोखराबाट पक्राउ परेका उनलाई भाेलि उपस्थित हुने सर्तमा छाेडिएकाे समाचार प्राप्त भएकाे छ । व्यवसायी विपीन (विपेन्द्र) बतासले जग्गामा ठगी गरेको समाचार उनले लेखेका थिए । बतासले दुईजनाबाट ४ करोड २३ लाख रुपैयाँ ठगी गरेको आरोप उनको समाचारमा लगाइएको छ।
प्रकाशित मिति: सोमबार, वैशाख २, २०७६ २३:०३