यमनको दक्षिणपश्चिमी क्षेत्रमा भएको हवाई आक्रमणमा परी कम्तीमा आठ जना सर्वसाधारण मारिएका छन् । साउदी अरब नेतृत्वको गठबन्धनको सहयोगमा भएको यस हवाई आक्रमणमा परी मारिने मध्ये चार जना बालबालिका समेत रहेका अधिकारीहरुले जनाएका छन् ।
ताइज प्रान्तमा रहेको पेट्रोल पम्पमा शुक्रबार उनीहरुले आक्रमण गरेको सरकार पक्षीय एक अनलाईनले जनाएको छ । घटनामा परी अरु कैयौँ घाइते पनि भएका छन् । हुथी नियन्त्रित स्वास्थ्य अधिकारीहरुले मृत्यु हुनेहरुको संख्या आठ भन्दा बढी रहको जनाएका छन् ।
घटनाका बारेमा साउदी नेतृत्वको गठबन्धनको तर्फबाट अहिलेसम्म कसैले पनि जिम्मेबारी लिएको छैन । उनीहरुले यमनमा सन् २०१५ देखि यमन सरकारको सहयोगमा र हुथी विद्रोहीहरुको विरुद्ध हवाई कारबाहीहरु गर्दै आएका छन् । यस्ता कारबाहीहरुमा बारम्बार सर्वासधारण नागरिकको ज्यान जाने गरेको पाइन्छ ।