सुर्खेत : विरेन्द्रनगर नगरपालिका-८ स्थित खुल्ला मन्चबाट साईबर क्राईम मुद्दामा फरार प्रतिवादी जुम्ला सिजा गाउँपालिका-३ बस्ने २७ वर्षीय ज्ञानेन्द्र शाहीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले शाहीलाई नियन्त्रणमा लिने क्रममा विरेन्द्रनगर नगरपालिका-६ बस्ने १८ वर्षीय प्रेम विक लगायतका व्यक्तिहरुले प्रहरी टोली माथी ढुङ्गा प्रहार गर्दा ६ जना प्रहरी कर्मचारी सामान्य घाइते भएका छन् ।
साथै ढुङ्गा प्रहार गर्ने प्रेम विक लगायत ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ ज्ञानेन्द्र शाहीलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाडौं ल्याइएकाे जनाइएकाे छ ।