काठमाडौं : काठमाडौं महानगरपालिका-२ लाजिम्पाटबाट चितुवाको छालासहित अछाम चौरपाटी गाँउपालिका-४ पायल बस्ने २१ वर्षीय उमेश शाहलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानमा वन्यजन्तु चितुवाको छालाको कारोबार हुँदै छ भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले शाहलाई उक्त छाला बिक्री गर्ने उद्देश्यले आफ्नो साथमा बोकी हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।