काठमाडौं । सरकारले विश्व एड्स दिवस देशभर जनचेतनामूलक कार्यक्रम गरी मनाउने भएको छ ।
शुक्रबार राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले पत्रकार सम्मेलन गर्दै डिसेम्बर १ तारिखका दिन भोलि शनिबार विश्व एड्स दिवस जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी मनाउने जानकारी गराएको हो ।
डिसेम्बर १ का दिन प्रत्येक वर्ष विश्वभर एड्स दिवस मनाउने गरिन्छ । यसै अवसर पारेर नेपालले पनि योे दिवस शनिबार देशभर चेतनामूलक कार्यक्रम गरी बनाउने लागिएको केन्द्रका प्रमुख तारा पोखरेलले जानकारी दिए ।
यस वर्षको विश्व एड्स दिवस ‘एचआइभी जाँच गराऔं, आफ्नो अवस्था थाहा पाऔं’ भन्ने मूल नाराका साथ मनाइदैछ । विश्वमा हाल ३ करोड ७० लाखमा र नेपालमा ३३ हजार २० जनामा यो रोगको संक्रमण देखिएको तथ्यांक छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०७५ १९:१६