बाँके । संविधानसभाका पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदी र नेकपाका नेता प्रकाश सुवेदीले आफ्नी जेठी बुहारी मालती शर्मालार्इ छोरीको रूपमा विवाह गरी अन्माएर पठाएका छन् ।
बुहारी शर्मा आफैले रोजेको वरसँग विवाह गरिदिएर समाजमा एक पृथक सन्देशका रुपमा एकल बुहारीकै इच्छाअनुसार उनिहरुले अर्कैको घर पठाएका हुन् ।
२०७२ सालको महाभूकम्पमा आप्ना जेठा छोरा अच्युतराज सुवेदीको मृत्यु भएपछि एकल जीवनयापन गर्दै आएकी बुहारी शर्मालाई शनिबार आफ्नै घरबाट नेपालगञ्जका सुधीर गौतमसँग सुवेदी दम्पतिले विवाह गरी अन्माएर पठाएका हुन् ।
पूर्वउपसभामुख सुवेदीले “मालतीको इच्छा र उनले नै खोजेको नयाँ जीवनसाथीसँग घरबाटै टिकाटालो गरी मलाई नयाँ जीवनको शुरुआत गर्न आर्शीवाद दिनुहोस भनेपछि आफूहरु उनको खुशीका लागि तयार भएको बताइन् ।
पूर्वउपसभामुख सुवेदीकी भुतपुर्व बुहारी शर्माबाट दुई नाति छन् ।
प्रकाशित मिति: शनिबार, मंसिर १, २०७५ १९:१६