गुण्डा नाइके समिरमान बस्नेतकी श्रीमती माया शेरचनलाई प्रहरीले पक्राउ गरेको छ ।
निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचन र युवा संघ रूपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा पेस्तोल दिएको आरोपमा उनलाई पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार उनलाई आइतबार काठमाडौंको स्वयम्भू स्थित ठूलो र्भयाङबाट महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।
एसएसपी धीरज सिंहले बताउ अनुसार दुर्गा तिवारी हत्यामा पक्राउ परेका लोप्सन लामा र गौचन हत्यामा समातिएका अमर रानाले दिएको बयानका आधारमा उनलाई पक्राउ गरिएको हो ।
दुबै जना अभियुक्तहरुले मायाले बस्नेतकी श्रीमती मायाले आफूहरूलाई पेस्तोल दिएको बताएका थिए ।
प्रकाशित मिति: शनिबार, कात्तिक १७, २०७५ १९:१६