काठमाडौं । शुक्रबार रातिदेखि काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागमा हिलोसहितको पानी बर्षा भएपछि यस्तो पानीबाट जोगिन सम्बन्धित क्षेत्रका विज्ञहरुले सुझाव दिएका छन् ।
कतिपयले बर्षाको समयमा दैनिक गुजाराका लागि आकाशे पानी संकलन गर्ने गरेको हुँदा यसपटकको हिले पानी संकलन गरेर प्रयोग गरेमा झाडापखाला, टाइफाइड, जण्डिस, छालाजन्य रोगहरु आदिको महामारी हुन सक्ने जनाइएको छ ।
वायुमण्डलमा फैलिएको धुलो पानीमा मिसिएर झर्दा त्यसमा रहेका हानीकारक रासायनिक पदार्थ र जीवाणुले स्वास्थ्यमा असर पर्ने भएकाले यस्तो पानी प्रयोग नगर्न, शरीरका कुनैपनि भागमा पर्न नदिन सावधानी अपनाउनुपर्ने विज्ञहरुले बताएका छन् ।
भारतका विभिन्न स्थानमा केहि दिनयता आएको हावाहुरीले राजस्थानको मरुभूमीको उडाएको बालुवा उच्च वायु हुँदै नेपालको आकाशसम्म फैलिएर हिले पानी परेको हो ।
प्रकाशित मिति: बुधबार, मंसिर १९, २०७५ १९:१६