काठमाडौँ । पछिल्लो २४ घण्टामा १४८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५३२ पीसीआर परीक्षणमा ११४९ जना र ४००७ एन्टिजेन परीक्षणमा ३७ जना गरी १४८६ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १२६० जना संक्रमणमुक्त भएका छन्, भने १६ जनाको मृत्यु भएको छ ।