काठमाडौं । यो भवन भित्र प्रवेश गर्दा कुनै रमणीय डाँडा, पाखामा रहेको रिसोर्ट प्रवेश गरेजस्तो अनुभव हुन्छ । चिटिक्क भवन, त्यस्तै सिँगारिएको गेट अनि आकर्षक बगैंचा । यतिधेरै सुन्दर यो भवन र त्यसको क्षेत्रभित्र प्रवेश गर्ने जोकोही झुक्किने अवस्था छ । यति सुन्दर दुबो सहितको यो बगैचा र संगै रहेको यो आर्कषक भवन नेपालको ग्रामीण काभ्रेका रहेको एउटा बिधालय भवन हो ।
०७२ सालमा आएको बिनासरकारीमहाभूकम्पलेबिधालय भवन भत्काएपछि स्थानीय अभिभावक मात्रै खिन्न थिएनन् विद्यालयमाअध्ययन गर्ने बिधार्थी र शिक्षकहरू समेत उदास अवस्थामा रहेका थिए । भुकम्पले बिधालय भवन भत्काएपछि केहीवर्षविद्यार्थीहरूले धुलो माटो र अस्थाई व्यवस्था गरिएका भवनमा आफ्नो पठन पाठन गरे । हिउँदमा चिसो सहनुपर्यो भने बर्खामा कैयन पटक पानीले पनि भिज्नुपर्यो ।
हावा लाग्दा धुलो खाने अवस्था बन्यो भने पानी पर्दा हिलो पनि सहनु पर्यो । तर ढिलै भएपनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना इकाई शिक्षा मार्फत यो भवन बनेपछि जोरपाटी माध्यमिक विद्यालयतिनपिप्लेले नयाँ जीवन मात्रै प्राप्त गरेको छैन आधुनिक र सुविधा सम्पन्न जीवन पनि पाएको छ । यस्तो आधुनिक सुविधा सम्पन्न भवन पाएपछि स्थानीय बासि र बिधार्थी हर्षले गद गद भएका छन् । हुन त बिद्यालय भवनले पढ्ने होइन पढ्ने विद्यार्थीको क्षमता र विवेकले हो ।
तर बस्ने भवन नहँुदाको जुन सास्ती बिधार्थीले भोग्नुपर्छ त्यो भवन हुँदा भोग्नुपर्दैन । बिधालय भवनमा खेल्ने बगचा छ, पठन पाठनका लागि आधुनिक सुविधा सम्पन्न कोठाहरू छन् । अब बिधार्थीहरु पठन पाठनमा बढि रुची राख्ने शिक्षकको अनुमान रहेको छ । हात धुने धारा, सुविधा सम्पन्न शौचालय सहितको यो भवनको प्रदेश सांसद लक्ष्मण लम्साललेउद्घाटन गर्दै साँचो हस्तान्तरण गरेका छन् । यस्तो सुविधा सम्पन्न भवन र त्यसको पेरिफेरि बन्नुमा यसको डिजाइन र इन्जिनियरिङ काममा संलग्नहरूलाई जस जान्छ । डिजाइन तथा सुपरभिजनको कामका लागि यु एम इन एसोसिएसन विथ इआरएमसी,पिआरसिएसलेभुमिका खेलेका थिए ।
प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०७७ १५:२५