काठमाडौं: डा. गोविन्द केसीले आफ्ना माग पूरा नभए कात्तिक १३ गतेबाट अनशन बस्ने बताएका छन् । उनले माग पूरा गर्न कात्तिक ८ गतेसम्म (११ दिने)अल्टिमेटम दिएका छन् ।
सोमबार टिचिङ हस्पिटल महाराजगञ्जमा पत्रकार सम्मेलन गरी डा. केसीले आफूसँग सरकारले विगतमा गरेका सम्झौता कार्यान्वयन हुनुपर्ने बताए । डा. केसीले नियुक्ति प्रणालीमा दलीय भागबण्डा अन्त्य हुनुपर्ने, विभिन्न आयोगले दोषी ठहर्याएकालाई कारवाही हुनुपर्ने लगायतका माग गरेका छन् ।
चिकित्सा शिक्षा सुधारको माग राख्दै पटक पटक अनशन बसेका केसीले उमेरहदका कारण सोमबार सेवाबाट अनिवार्य अवकास पाउन लागेकाे बेला पत्रकार सम्म्लन राखेका हुन् । केसीको नागरिकतामा जन्ममिति २७ असोज २०१३ रहेको छ।
प्रकाशित मिति: सोमबार, असोज २७, २०७६ ०४:५४