गत बिहीबारदेखि परेको अविरल वर्षा र त्यसपछि आएको बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ८० पुगेको छ । रौतहटमा १० जना मृत अवस्थामा फेला परेपछि यो संख्या ८० पुगेको नेपाल प्रहरीले जनाएको छ । सबैभन्दा बढी असर रौतहटमै परेको छ ।
ललितपुरमा ६ र मकवानपुर र भोजपुरमा ५–५ जनाको मृत्यु भएको थियो । त्यस्तै वर्षाका कारण ३२ जिल्ला बढी प्रभावित भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ३४ जना अझै बेपत्ता भएका छन् भने केही दर्जन घाइते रहेका छन् । झण्डै १७ हजारको संख्यामा विस्थापित भएका छन् । प्रहरीले ३५ सयको हाराहारीमा उद्धार गरिएको पनि जनाएको छ ।
बेपत्ताको खोजी र राहत कार्य तीव्र पारिएको सरकारले जनाएको छ। तीनै तहका सुरक्षा निकायका ४१ हजारभन्दा बढी जनशक्ति उक्त अभियानमा सक्रिय छन् ।
प्रकाशित मिति: बुधबार, साउन १, २०७६ ११:१२