काठमाडौं- काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ।
आज अपरान्ह ४ बजेर १६ मिनेट जाँदा ४.६ रिक्टर स्केलको परकम्प गएको खानी तथा भू–गर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भक्तपुरको दूधपाटी आसपास केन्द्रविन्दु भई भूकम्प गएको छ ।
केन्द्रका प्रमुख लोकविजय अधिकारीले गोरखा भूकम्पको परकम्प गएको जानकारी दिए । उनले परकम्प सानै भएपनि परकम्प नगएको लामो समय भएकाले अहिलेको परकम्पको ठूलो धक्का महशुस गरिएको बताए ।
भारी वर्षा भइरहेकाे समयमा आएकाे भुकम्पकाबीच काठमाडौंबासीहरुमा एकिछन काेलाहल मच्चियो ।
प्रकाशित मिति: शनिबार, असार २१, २०७६ २०:४०