काठमाडाैं : हुम्लाकाे खार्पुनाथमा जीप दुर्घटना भएकाे छ । पल्लाे खार्पुनाथबाट गाउँपालिकाकाे कार्यालय जाँदै गर्दा जीप दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएकाे छ ।
मंगलबार दिउँसो १२:३० बजेतिर लु १ ज ७१६६ नम्बरको जीप कर्णाली नदिमा खसेको हुम्लाका प्रहरीले जनाएकाे छ । जीपमा दश यात्रु रहेकाे जनाइएकाे छ ।
जीप बाटोबाट सिधै कर्णाली नदीमा पुगेको र घटनास्थलमा अहिले उद्धार टोली पुगिसकेको बताइएकाे छ । सेना र प्रहरीको टोली उद्धारका लागि हेलिकोप्टरमार्फत् घटनास्थल पुगेको र जीप फेला परिनसकेको बताइएकाे छ। सेना र स्थानीय पनि उद्दारतर्फ लागेकाे बताइएकाे छ ।
घटनाबारे थप विवरण आउन बाँकी छ।
प्रकाशित मिति: मंगलबार, असार ३, २०७६ १८:२६