काठमाडौं : कैलालीमा आगलागी हुँदा दर्जन बढि चौपाया जलेर मरेका छन्।
जिल्लाको गोदावरी नगरपालिका वडा नम्वर ४ का स्थानीय चन्द्रवहादुर बोहराको कच्ची घरमा आगलागी हुँदा चौपाया मरेका हुन्। बोहराका तीन भैसी, २ गोरु, ५ बाख्रा र तीन वटा गाई जलेर मरेका हुन्। घर पनि जलेर पूर्ण रुपमा क्षती भएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गहुँको नल बाल्ने क्रममा आगलागी भएको हो।
प्रकाशित मिति: सोमबार, असार २, २०७६ १४:४८