काठमाडाैं : जेठ १२ गते काठमाडौँकाे सुकेधारा र अनामनगरमा भएको बम विस्फोटमा परी ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । चावहिलस्थित ओम अस्पतालमा उपचाररत रामेछाप मन्थली नगरपालिका–४ निवासी रामकुमार श्रेष्ठको शनिबार बिहान मृत्यु भएको हो ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख डीएसपी फणिन्द्र प्रसाईंका अनुसार उपचाररत श्रेष्ठको शनिबार बिहान मृत्यु भएको हाे । बम विस्फोटको घटना भएको २४ घण्टा नबित्दै ४ जनाको ज्यान गएको थियो ।
बम विस्फोटमा ज्यान गुमाउनेहरुमा परी नेपाल कम्युनिष्ट पार्टीको जनमुक्ति सेनाका कमाण्डरहरू महान, दीपेन्द्र, अखिल क्रान्तिकारीका नेता प्रज्वल शाही र निरन्तर थिए । श्रेष्ठ पनि विप्लव कार्यकर्ता हुन् ।
बम बिस्फोटमा परि गम्भीर घाइते भएका सुरेन्द्र महर्जन र हरि खड्काको ओम अस्पतालको आइसीयुमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: शनिबार, जेठ ३२, २०७६ १६:२४